Posts

Showing posts from February, 2020

दाँतको गिजा तल झर्ने समस्या (हर्षा); समस्या, कारण र उपचार

Image
दाँतको गिजा तल झर्ने समस्या (हर्षा); समस्या, कारण र उपचार  - डा. बिनय सुबेदी   पिस डेन्टल केयर प्रा. लि. नारायणी सामुदयिक हस्पिटल अगाडी दाँतलाई गिजाले वरिपरिबाट घेरेको हुन्छ। सामान्य अर्थमा भन्दा गिजा र गिजाका विविध फाइबरले दाँत र तलको हड्डीलाई छोप्नुका साथै दाँतलाई आफ्नो ठाउँमा बाध्ने काम गरेको हुन्छ। गिजा तल रहेको हड्डी भन्दा करिब २ मिमि माथि दाँतको  CEJ को लेबलमा हुने गर्छ तर यावत कारणहरुले गर्दा गिजा माथि सर्ने गर्दछ , जसलाई मेडिकल टर्ममा ' रिसेसन ' भनिन्छ भने हामी सामान्य भाषामा ' हर्षा ' भन्ने गर्दछौ। रेसेसन ( हर्षा ) को कारण के के हुन् ? 1.      बढ्दो उमेर : गिजा तल सर्नु कहिलेकहिँ बढ्दो उमेरसंगै हुने सामान्य परिवर्तन हो। उमेरसंगै बिस्तारै कमजोर बन्दै जाने गिजा र लामो समयसम्म   बढ्दै जाने दाँत र गिजा वरिपरिको फोहोरले गिजा तल सर्दै जाने गर्दछ। 2.      फोहोर मुख : दाँत माझेको केहि सेकेन्ड ...