दाँतको गिजा तल झर्ने समस्या (हर्षा); समस्या, कारण र उपचार

दाँतको गिजा तल झर्ने समस्या (हर्षा); समस्या, कारण र उपचार


नारायणी सामुदयिक हस्पिटल अगाडी

दाँतलाई गिजाले वरिपरिबाट घेरेको हुन्छ। सामान्य अर्थमा भन्दा गिजा गिजाका विविध फाइबरले दाँत तलको हड्डीलाई छोप्नुका साथै दाँतलाई आफ्नो ठाउँमा बाध्ने काम गरेको हुन्छ। गिजा तल रहेको हड्डी भन्दा करिब मिमि माथि दाँतको CEJ को लेबलमा हुने गर्छ तर यावत कारणहरुले गर्दा गिजा माथि सर्ने गर्दछ, जसलाई मेडिकल टर्ममा 'रिसेसन' भनिन्छ भने हामी सामान्य भाषामा 'हर्षा' भन्ने गर्दछौ।

रेसेसन (हर्षा)को कारण के के हुन्?

1.     बढ्दो उमेर:
गिजा तल सर्नु कहिलेकहिँ बढ्दो उमेरसंगै हुने सामान्य परिवर्तन हो। उमेरसंगै बिस्तारै कमजोर बन्दै जाने गिजा लामो समयसम्म बढ्दै जाने दाँत गिजा वरिपरिको फोहोरले गिजा तल सर्दै जाने गर्दछ।

2.     फोहोर मुख:
दाँत माझेको केहि सेकेन्ड भित्रै दाँतको सतहमा थुकको प्रोटिनहरुले एउटा लेयर बनाउछ जसले ब्याक्टेरियालाई दाँतको सतहमा टासिने प्रजनन गर्ने वातावरण बनाईदिन्छ। यो लेयर सामान्यतया: गिजा दाँतको बीचमा बन्ने गर्दछ। यहाँ हुने ब्याक्टेरिया तिनीहरुको अनेक टक्सिनहरुको कारणले गिजामा सुजन हुनुसंगै भित्रिभागमा सानो सानो घाउ बन्न सुरु हुन्छ जसको कारण गिजा सुन्निने, गिजा बाट रगत आउने जस्तो लक्षणहरु देखिने गर्छन। यस स्थितिसम्म गिजा शरीरको प्रतिरक्षा प्रणालीले गिजालाई हल्का तल सारेर यो सुजनलाई कम गर्न खोज्दछ। केहि दिनसम्म दाँत नमझ्दा अथवा रेगुलर नमझ्दा, धेरै भन्दा धेरै फोहोर दाँत गिजा बीच जम्न गई सार्हो बन्दै जान्छ- जसलाई calulus भनिन्छ। यस calculus ले अझ ब्याक्टेरियालाई टासिन प्रजनन गर्न धेरै क्षेत्रफल दिने गर्छ। यो सबै प्रक्रियाको जवाफमा शरीरको प्रतिरक्षा प्रणालिले  गिजालाई अझ तल तल सार्दै लाग्ने गर्दछ। 

3.     गलत दाँत माझ्ने तरिका:
राम्रो संग दाँत नमाझ्नुको कारण पनि गिजा माथि सर्न सक्छ। दाँत माझ्दा ब्रसलाई दाँत गिजाको बीच ४५ डिग्रीको कोडमा राखी, हल्का भाईब्रेट गरि गिजाको बिपरित तर्फ बढारेको जसरि माझ्नु पर्छ। तलको दाँतको भित्र पट्टि माथिका बंगाराको बाहिर पट्टिको भागमा थुक ग्रन्थिहरु मुखमा खुल्ने भएकाले  सबैभन्दा धेरै फोहोर जम्ने गर्दछ। यी भागहरु सफा नगर्दा धेरै फोहोर जम्न गई गिजाहरु तल सर्ने गर्दछन। साथै, धेरै घोटेर दाँत माझ्ने बानि, धेरै खस्रो मन्जन ( डाबर लालको धुलो) प्रयोग गर्नाले, गिजाको बिपरित तिर बढारर्नु पर्नेमा गिजा तर्फ बढार्नु रिसेसनका अन्य कारण हुन सक्छन। 

4.     दाँत भरेको नमिल्नु:

दाँत भर्दा कहिलेकाँही किराले खाएको भाग भन्दा अलि तल गिजा सम्म हुने गरि भरिदा गिजा इरिटेट हुने गर्दछ। यसरि चाहिने भन्दा ठुलो गरि भरिएको दाँतले एक गिजालाई इरिटेट गर्दछ, आर्को भनेको त्यसको वरिपरि धेरै फोहोर जम्न जान्छ- नतिजा गिजा माथि सर्छ।

5.     बंगा-टिङ्गा दाँत
बंगा-टिङ्गा, छिद्रानमिलेका दाँतहरुले दाँत राम्ररी माझ्नमा बाधा बनाउछ जसले गर्दा दाँतहरुको बिचमा फोहोरहरु जम्न थाल्छ कालान्तरमा गिजा माथि सर्न थाल्छ। 

6.     दाँतमा तार बाधी गरिने उपचार 
यधपी, बंगा-टिङ्गा दाँतलाई मिलाउन दाँतमा तार बाधिने भएतापनि यस उपचारको दौरान दाँत गिजा राम्ररी सफा हुन सक्दैनन् हर्षा हुन्छ।

रिसेसनबाट हुने समस्याहरु किन?
  • धेरै जसो रेसेसन अरु गिजा दाँतको समस्याको लक्षण हुने गर्छ। केहि मुख्य समस्याहरु यसप्रकार छन्
  • दाँत सिरिङ्ग-सिरिङ्ग हुनेगिजा तल सर्दै जादा बिस्तारै दाँतको जरा मुखमा देखिन थाल्छ। दाँतको जरामा दाँतको जस्तो बलियो 'इनामेल' को ठाउँमा तुलनात्मक रुपमा कमजोर 'सिमेन्टम' हुन्छ जुन सामान्य दाँत माझ्दापनि झर्ने गर्दछ। यसरि समयको साथमा डेण्टिन देखिन थाल्छ। डेण्टिनबाट दाँत को नसा (पल्प) सम्म -साना प्वालहरु हुन्छन। गिजा तल सरेको बिरामीहरुमा खाएका हरेक खानाहरु सिधै डेण्टिनमा ठोकिन जान्छ नसासम्म पुग्छ। यसकारण करेन्ट लागेको जस्तो दुखाई महसुस हुन्छ।
  • जरामा किरा लग्नुजरा दाँत जस्तो बलियो हुदैन किरालाग्ने सम्भावना जरामा बढी हुन्छ।
  • हड्डी तल सर्दै जानु: गिजाको साथमा भैरहेको इरिटेसनको कारणले हड्डीको लेवलले तल सर्दै जान्छ। यसकारण दाँत हल्लिने झर्नसक्ने सम्भावना हुन्छ।

रिसेसनको उपचार:

रिसेसनको उपचारको सबै भन्दा प्रभावकारी तरिका भनेको रिसेसन हुने नदिनु हो जसको लागि नियमित, सहि तरिकाले दिनको दुई पटक दाँत माझ्ने  गर्नु पर्छ।

दाँत कसरि माझ्ने?



·        दाँतलाई सफा गर्ने ( इस्केलिंग गर्ने)
दाँतको सतहबाट फोहोरलाई हटाएर पोलिस गर्नुको संगै मन तातो नुन पानिले दिनको दुई पटक कुल्ला गरेमा सुन्नेको गिजा ठाउमा बस्छ। फोहोरनै गिजा तल सर्नुको मुख्य कारण भएकाले दाँत सफा गर्नु सबैभन्दा महत्वपूर्ण हुन्छ।

इस्केलिंग गरेपछि के कुरामा ध्यान दिने?


·        Desensitizer:
गिजा तल सर्नुको संगै सिरिङ्ग-सिरिङ्ग लाग्ने, दुख्ने आधि समस्या देखा पर्ने गर्दछ। बजारमा थर्मोसिल, सेन्सोडाइन, मेडीप्लस विविध नामको मन्जन उपलब्ध छन् जसले खुलेका डेण्टिनमा नालीहरुलाई बन्द गर्ने गर्दछन खाएका कुराहरु सिधा नशासंग सम्पर्कमा आउन पाउदैनन। यी मन्जनहरुले गिजा तल सर्न कम नगरेपनि तपाईलाई सिरिङ्ग-सिरिङ्ग लाग्ने दुख्ने हुदैन। 
यदि उल्लेखित उपाएहरुले समस्या कम नभएमा सकेको चाडो डेन्टल हस्पिटल/ क्लिनिक जानु पर्छ जहाँ डेण्टिस्टले अन्य उपाएहरु अपनाउन सक्छन। अन्त्यमा कुनै उपाय नलागे दाँतलाई जराबाटै भरेर (RCT ) उक्त समस्याको समाधान गर्न सकिन्छ। 

·        दाँत भर्ने:
कहिलेकहिँ गिजा तल सर्नुको कारण दाँतको जरा खिएको हुन्छ जसलाई अस्थाई वा स्थाई सिमेन्टले भर्न सकिन्छ।

·        अर्थोडनटिक उपचार:
गिजा तल सार्नुको कारण यदि बंगा-टिङ्गा दाँतहरु हुन् भने, दाँतमा तार बाधेर सहि ठाउँमा ल्याई उपचार गर्न सकिन्छ।

·        गिजाको सल्यक्रिया:
अन्त्यमा अनुकुल केसहरुमा गिजाको शल्यक्रियाले गिजालाई सहि ठाउँमा ल्याउन सकिन्छ।


तपाईलाई यो पोस्ट कस्तो लग्यो? प्रतीक्रिया दिन नभुल्नुहोला। 
दाँत र गिजा सम्बन्धि सम्पूर्ण उपचारको लागि पिस डेन्टल केयरलाई सम्झनुहोला।

Comments